काठमाडौं । नेकपा एमालेको पदाधिकारी चयनका लागि ईश्वर पोखरेल समूहले आफ्ना उम्मेदवारहरू टुंगो लगाएको छ । समूहबाट अध्यक्ष पदमा ईश्वर पोखरेल स्वयं प्रतिस्पर्धामा उत्रिने भएका छन् भने महासचिवमा सुरेन्द्र पाण्डेको नाम निश्चित भएको छ ।
उपाध्यक्ष पदका लागि गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपाल उम्मेदवार बन्ने पक्का भएको एक नेताले जानकारी दिए । यस्तै, उपमहासचिव पदमा योगेश भट्टराईको नाम टुंगो लागेको छ भने बैजनाथ चौधरी पनि उपमहासचिवको उम्मेदवार सूचीमा रहेका छन् ।
सचिव पदका लागि रचना खड्का, विनोद ढकाल, कर्ण थापा, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेललगायतका नाम करिब निश्चित भएका छन् । सचिव उम्मेदवारको सूचीमा कृष्णगोपाल श्रेष्ठ र गोकुल बास्कोटाको नाम पनि समावेश गरिएको स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उम्मेदवारहरूको सूची लगभग टुंगो लागिसकेको भए पनि आन्तरिक छलफल जारी रहेकाले केही नाममा सामान्य फेरबदल हुन सक्ने सम्भावना रहेको छ ।





