१०७ दललाई आयोगले दियो चुनाव चिन्ह



काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले राजनीतिक दलहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ। मङ्सिर १ देखि १४ गतेसम्म दर्ता भएका दलहरूमध्ये आयोगले १०७ दललाई चुनाव चिन्ह वितरण गरेको हो।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल १४३ दर्ता दलमध्ये ११४ दल निर्वाचनमा सहभागी हुनेछन्। तीमध्ये ५ दलले एउटै चिन्ह लिएर संयुक्त रूपमा चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने १०२ दल भने एकल रूपमा चुनावमा उत्रिने छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २२ गते आइतवार