काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबारे लामो बहस भएको छ। झण्डै पाँच घण्टा चलेको उक्त बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा ‘बादल’ र सुरेन्द्र पाण्डे, सचिवहरू गोकर्ण बिष्ट र योगेश भट्टराईले भण्डारीलाई रोक्ने निर्णय सच्याउनुपर्ने तर्क गरेका थिए।
स्रोतका अनुसार नेताहरूबीच स्पष्ट मतभेद देखिएको छ। कतिपयले रोक्ने निर्णयलाई उचित भनेका छन् भने कतिपयले भण्डारीलाई रोक्न नहुने भन्दै लामो वकालत गरेका छन्।
वरिष्ठ उपाध्यक्ष पोखरेलले त लिखित रूपमा पत्रै पेश गर्दै, अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहअनुसार नै संगठन विभागबाट भण्डारीको सदस्यता नवीकरण भएको प्रमाण पेस गरेका छन्।
प्रकाशित मिति : २०८२ भाद्र २० गते शुक्रवार





