काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको छ। ‘नेपाल हाँसेको…’ बोलको गीतमा बालेनको शब्द, संगीत, स्वर र र्याप छ। गीतमा विकसित नेपालको परिकल्पना गर्दै अहिलेको यथार्थ चित्रण गरिएको छ।
कोरसमा अन्य कलाकारको पनि स्वर सुन्न सकिन्छ। सारा खड्गी, मानुसी पौडेल, कृषा खड्कालगायतको कोरसमा स्वर छ।बालेन मेयर भएपछि उनले गाएको गीत पहिलोपटक बजारमा आएको हो।
नेपालमा म्युजिक क्याटागोरीमा एक नम्बरमा पुगेको चलचित्र ‘लाज शरणम्’को गीत अहिले भने युट्युब ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। ‘लाज शरणम्’ले बालेनको स्वरमा रहेको गीतलाई प्रोमोसनल गीतको संज्ञा दिएको छ। यो गीतले चलचित्रको हाइप थप बढाएको छ।
गीत बालेनको युट्युब च्यानलमा
प्रकाशित मिति : २०८१ माघ २९ गते मङ्गलवार





