राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्वाचित



lokdohori pratisthan

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ महाधिवेशनबाट शर्मा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्।

बिहीबारदेखि सुरु भएको महाधिवेशनमा अध्यक्ष पदका लागि मनोनयन दर्ता गर्दा शर्माको मात्रै उम्मेदवारी परेको थियो। यसअघि उनी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष थिए।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षअन्तर्गत सांगठनिकतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा शिव हमाल पनि निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्ष पदका लागि भने खेम सेञ्चुरी, देवी घर्ती, खुमन अधिकारी, पूर्णकला बीसी, श्रीकृष्ण बम मल्ल, दीपक गरौजा मगर, घनश्याम रिजाल, नवीन पौडेल, पुष्कल शर्मा, युवराज मगर, रविन लामिछाने, राजकुमार रायमाझी र रामकृष्ण बम मल्लले उम्मेदवारी दिएका छन्।

प्रतिष्ठानका अन्य पदका लागि भने आज मतदान हुँदैछ।

प्रकाशित मिति : २०८३ असोज २३ गते शुक्रवार