विद्यालय शिक्षा विधेयककाे विषयमा शिक्षक महासंघ र शिक्षामन्त्रीबीच छलफल



काठमाडौं । शिक्षक तथा कर्मचारीका समस्या, विद्यालय शिक्षा विधेयक र महासंघका ५४ बुँदे मागबारे शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपाल शिक्षक महासंघबीच बुधबार छलफल भएको छ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा शिक्षकका समस्या समाधान र मन्त्रालय–महासंघबीच निरन्तर संवाद गर्ने विषयमा कुराकानी भएको हो। मन्त्री पोखरेलले सबै विषयमा खुला छलफल गर्दै संवादलाई निरन्तरता दिन आग्रह गरेको नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले बताए।

यसैबीच, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी भदौ १८ गते अनिवार्य अवकाशमा जाने भएका छन्। नयाँ अध्यक्षका लागि नाम सिफारिस गर्न नेपाल शिक्षक संघले असोजको पहिलो साता बैठक बोलाउने तयारी गरेको गिरीले जानकारी दिए।

प्रकाशित मिति : २०८३ भाद्र १७ गते बुधवार