तनावमा मलेसिया सरकार, कामदारको लागि अब यस्तो गर्ने पर्ने..



तनावमा मलेसिया सरकार, कामदारको लागि अब यस्तो गर्ने पर्ने..

नेपालीहरू बैदेशिक रोजगारको क्रममा मृत्युु हुनेमा मलेसियामा रहेका नेपालीहरू भएको तथ्यांक सार्वजनिक भए पछि मलेसिया सरकारको टाउको दुखेको छ ।

मलेसियाले आफुलाई श्रमिक मैत्री बताउदै आएको बेला यस्ता कुरा बाहिरिए पछि मलेसिया सरकारको टाउको दुखाइको बिषय बनेको छ । मलेसियामा नेपाली मात्रै होइनन् अन्य देशका बिदेशी कामदारको मृत्युु पनि निकै हाई रहेको छ । जसको कारण मलेसियालाई दबाब सृजना भएको छ ।

मलेसियाले बिदेशी कामदार भित्राउने नीति अपनाएको बेला आएको यस्तो खबरले मलेसिया प्रती अन्य देशको नजर फरक बन्दै गएको हुनाले मलेसियालाई टाउको दुखाइ बनेको हो ।

मलेसियामा बिदेशी कामदारलाई कम्पनीले गर्ने बेवहार, आर्थिक ठगी, कुटपिटका घटनाले त झन मलेसियामा रहेका कयौं कम्पनीको उत्पादन अमेरिका तथा युरोपेली देशहरुले प्रतिबन्ध नै लगाएका छन् ।

त्यस्तोमा मलेसियामा सरकारलाई दबाब सृजना भएको छ जसलाई सुधार गर्न मलेसिया सरकार चनाखो बन्नुपर्ने छ ।

प्रकाशित मिति : २०७९ असोज ३० गते आइतवार