कावासोती असोज २९ | नवलपुर जिल्लामा कृयशिल अन्लाइनहरु एकतृत हुन थालेका छन ।
शनिबार जिल्लाका डेढ दर्जन भन्दा धेरै अनलाइनका प्रतिनिधि भएर अनलाइन मिडिया एसोसिएसन गठन गरेका छन् । राजु सुवेदी को नेतृत्वमा १५ सदस्यीय तदर्थ समिती गठन गरिएको छ ।
जिल्लाका अन्लाइन हरुलाइ पारदर्शिता र अझ जिम्मेवारी हुन प्रेरित गर्न र अनलाइनको प्रभबकारिता बढाउन पनि जिल्लाका अनलाइन हरु एक हुन आवस्यक रहेको क्रान्तिकारी पत्रकार महासंघ केन्दृय उपाध्यक्ष तथा दाउन्ने अन्लाइनका प्रबन्ध राम कुमार श्रेष्ठले बताउनु भयो ।
१५ सदस्यीय तदर्थ समितिमा अध्यक्ष राजु सुवेदी , उपाध्यक्ष अर्जुन अबिरल, सचिब निश्चल गौडेल , सह सचिब तिर्थ राज काफ्ले , कोषाध्यक्ष शुस्मा सुनार रहेकि छिन । त्यसैगरी सदस्यहरुमा खगेन्द्र पराजुली, धन प्रसाद पाण्डे (पृय धन ), ॐकार घिमिरे, सिर्जना पौडेल,निशा भण्डारी, सतिस राई,समर रानाभाट,शिखा कुवर ,शारदा भट्टराई , राजकुमार श्रेष्ठ रहेका छन् ।
यो अन्लाइन हरु समेट्ने पहिलो खुड्किला मात्र रहेको र जिल्लाका सबै अन्लाइनहरुलाइ समेटेर साझा सस्था बनाउने अध्यक्ष राजु सुबेदिले बताए ।





