भीम रावलले भने- उचित समयमा बोल्ने छु



काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले आफूलाई टिकट नदिएको विषयमा उचित समयमा बोल्ने बताएका छन्। सोमबार साँझ ट्विट गर्दै उनले आफूलाई उम्मेदवार नबनाएपनि ठीक छ भनेर प्रचार गरिएको भन्दै आपत्ति समेत जनाए।

‘मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु,’ उनले भनेका छन्। आफ्नो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मतले एकल पठाउँदा पनि केन्द्रले अन्यायपूर्ण किसिमले हटाएको पनि बताएका छन्।

उनले यस विषयमा प्रतिक्रिया दिइनसकेको र उचित समयमा बोल्ने बताएका हुन्।

प्रकाशित मिति : २०७९ असोज २४ गते सोमवार