काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षको सोमबार राति बसेको बैठकले पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसहितका नेतालाई कारबाही गर्ने निर्णय गरेसँगै पार्टी फुटको संघारमा पुगेको हो ।
सोमबार राति बसेको यादव पक्षीय कार्यकारिणी समिति बैठकले भट्टराई र महेन्द्र यादवमाथि कारबाही गर्ने अधिकार अध्यक्ष यादवलाई दिएको स्रोतले बतायो ।
प्रकाशित मिति : २०७९ असार १४ गते मङ्गलवार





