बागमतीमा गठबन्धनको अग्रता कायमै, उपाध्यक्षका उम्मेदवार निसान करिब दोब्बर मतले अगाडि



ललितपुर । ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै छ । जारी मतगणनामा २०३४ मत मतगणना गर्दा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरबहादुर लोप्चन ११३१ मतसहित अग्रस्थानमा छन् । यस्तै नेकपा एमालेका नवराज सञ्जेल ८०५ मतसहित दोस्रो स्थानमा छन् ।

यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भक्तबहादुर दर्लामी मगर ११२९ मतसहित अगाडि छन् । एमालेकी नमुना दोङ ६६८ मतसहित दोस्रो स्थानमा छिन् । यस्तै माल्टामा गठबन्धनको तर्फबाट वडाध्यक्षको उम्मेदवार राम बहादुर ब्लोन ६०७ मत सहित अग्रस्थानमा छन् । एमालेका उम्मेदवार सोम बहादुर सिंगार २४९ मत सहित दोस्रो स्थानमा छन् । माल्टामा १३६६ मत खसेकोमा हालसम्म ९३४ मत गणना भएको छ ।

यस अघि वडा नं. १ घुसेलको अन्तिम परिणाम आइसकेको छ । घुसेलमा गठबन्धनका तर्फबाट वडाध्यक्षका उम्मेदवार ज्ञान बहादुर लोको प्यानल नै विजयी भएको छ । यस गाउँपालिकामा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन छ । कुल मतदाता संख्या १२,३२८ रहेको यस पालिकामा ९,५११ मत खसेको थियो ।

प्रकाशित मिति : २०७९ जेष्ठ १ गते आइतवार