काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत पिर सार्वजनिक भएपछिदेखि नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमा यो चर्चाको विषय बनेको छ। माओवादी सशस्त्र द्वन्द्वमा होमिएका एक जोडी पात्रले अहिले भोगिरहेको जीवनमा आधारित गीतबारे मिश्रित प्रतिक्रिया आएका छन्।
माओवादीका कार्यकर्ताले मात्र होइन नेताहरूले पनि सामाजिक सञ्जालमा गीतप्रति आक्रोश पोखेका छन्। गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘पिर’ माथि नेकपा (माओवादी केन्द्र)का नेता(कार्यकर्ताले आपत्ति जनाएपछि स्पष्टीकरण दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा सोमबार लामो स्टाटस लेख्दै सपुतले आफ्नो गीतको भिडिओका दृश्यले कसैको आत्मसम्मानमा चोट पुगेको भए आत्मआलोचना गर्ने बताएका छन्। ‘पीर’ गीतमा माओवादीले आपत्ति जनाएपछि प्रकाश सपुतले दिए स्पष्टीकरण माओवादी जनयुद्धको विषयलाई समेटेर प्रकाश सपुतले बनाएको गीत ‘पिर’ ले कीर्तिमान बनाएको छ।
सर्वत्र चर्चामा रहेको गीतले एक सातामै एक करोडले हेरेका छन् । यसमा प्रयोग गरिएको केही दृश्यलाई माओवादीलगायतले आपत्ती जनाए पनि गीतको चर्चा घटेको छैन । विवादसँगै प्रकाशको उक्त गीतले नयाँ सफलता पनि हात पारेको हो। सो गीत युट्युबमा सार्वजनिक गरिएको एक हप्तामै करोड क्लब ९१ करोड पटक हेरिएको०मा पुगेको हो।
फागुन २७ गतेको राति सार्वजनिक गरिएको गीतको भ्युज यो समाचार तयार पार्दासम्म १ करोड ६ हजार नाघिसकेको छ ।





