यस्तो छ मन्त्रिपरिषद्ले ३ मिनेटमै पारित गरेको एमसीसीको १२ बुँदे ब्याख्यात्मक प्रस्ताव



काठमाडौं । मन्त्रिपरिषद्‍को बैठकले ३ मिनेटमै अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौतासम्बन्धी ब्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

आइतबार बसेको क्याबिनेट बैठकले एमसीसी सम्झौताको विषयमा विवाद भइरहेको अवस्थामा यसलाई मत्थर पार्नका लागि थप १२ बुँदे ब्याख्यात्मक बुँदाहरु सार्वजनिक गरेको छ ।

ब्याख्यात्मक बुँदाहरुभित्र नेपालको कानूनविपरीत अनुदान सहयोग परिचालन नहुने बताइएको छ । साथै, नेपालको कानूनविपरीत हुन गएको खण्डमा ३० दिनको पूर्वलिखित सूचना दिई अनुदान रद्ध गरिने भनिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार