आज काग तिहार मनाइँदै



काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पहिलो दिन आज काग पूजा गरिँदैछ । यमराजको दूतका रूपमा कागलाई मनपर्ने खानेकुरा दिएर काग तिहार मनाउने प्रचलन छ ।

बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज कागको पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले जानकारी दिए ।

बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीप दान गर्ने र त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउनुपर्ने भट्टराई बताउँछन् । यसअनुसार यमदीप दान शुक्रबार बेलुका नै गरिएको थियो ।

प्रकाशित मिति : २०८३ कार्तिक २२ गते शनिवार