काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई जनही पाँच/पाँच लाख रुपैयाँ धरौटीमा रिहाको आदेश दिएको थियो।
‘उहाँहरू जनही पाँच/पाँच लाख रुपैयाँ धरौटी रकम बुझाएर गइसक्नु भएको छ,’ अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीले भने।
प्रकाशित मिति : २०८३ कार्तिक १२ गते बुधवार
















