बागमती गाउँपालिकामा ४ करोड २६ लाख रुपैयाँभन्दा बढी बेरुजु

कुल अद्यावधिक बेरुजु २८ करोड ७० लाख रुपैयाँभन्दा बढी


ललितपुर । महालेखापरीक्षकको कार्यालयले बागमती गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनमा ४ करोड २६ लाख ७२ हजार रुपैयाँभन्दा बढी बेरुजु कायम गरेको छ। प्रतिवेदन अनुसार असुल गर्नुपर्ने, प्रमाण कागजात पेश गर्नुपर्ने तथा नियमित गर्नुपर्ने रकम गरी उक्त बेरुजु कायम भएको हो। यससँगै गाउँपालिकाको कुल अद्यावधिक बेरुजु २८ करोड ७० लाख रुपैयाँभन्दा बढी पुगेको छ।

प्रकाशित मिति : २०८३ असार ३ गते बुधवार