रास्वपा बागमती प्रदेशको नेतृत्वमा चार जनाको उम्मेदवारी



हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको प्रथम अधिवेशनमा चार जनाले नेतृत्व दाबी गरेका छन् । हेटौंडामा मंगलबारबाट सुरू अधिवेशनमा चार जनाले सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन् ।

सभापतिका लागि डा. अच्युतम लामिछाने (काठमाडौं), हरिबहादुर खत्री (रामेछाप), कृष्णमान श्रेष्ठ (काठमाडौं) र उत्सव अर्याल (मकवानपुर)ले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ जेष्ठ २७ गते बुधवार