मधेश प्रदेशमा सात दलीय गठबन्धनको सहमति, कांग्रेस नेता कृष्णप्रसाद यादव मुख्यमन्त्री बन्ने



जनकपुर । मधेश प्रदेशमा गठन हुन लागेको नयाँ सरकारका लागि सात दलीय गठबन्धनबीच सहमति जुटेको छ। सहमतिअनुसार नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको एक प्रदेश सांसदले जानकारी दिएका छन्।

आज बिहानदेखि गठबन्धन दलहरूबीच जारी छलफलमा यादवको नाममा पूर्ण सहमति बनेको हो। सहमति सुरक्षित गर्न प्रदेशसभा सदस्यहरूको हस्ताक्षर संकलन कार्य अहिले भइरहेको बताइएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २० गते शुक्रवार