मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेशसभा बैठक स्थगित



जनकपुरधाम । मधेश प्रदेशसभामा आज विश्वासको मत प्रक्रिया बीचमै रोकिएको छ। विश्वासको मत लिने उद्देश्यले बिहान ८:३० बजेका लागि बैठक बोलाइए पनि बैठक करिब दुई घण्टा ढिलो गरी १०:३० बजे सुरु भएको थियो।

तर बैठक सुरु भएपछि पनि मुख्यमन्त्री सरोज कुमार यादव तथा मन्त्रीहरू उपस्थित नभएकै कारण कार्यसूची अघि बढ्न नसकेपछि प्रदेशसभा बैठक २ बजेसम्मका लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि राजनीतिक रूपमा महत्वपूर्ण मानिएको आजको बैठक मुख्यमन्त्री अनुपस्थित भएपछि अनिश्चित बनेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार