रौतहटको गौर नगरपालिका क्षेत्रमा जारी अनिश्चितकालीन कर्फ्यू आदेश आइतबार बिहान २ घण्टाका लागि खुकुलो बनाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहट का अनुसार अत्यावश्यक कामका लागि बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म कर्फ्यू आंशिक रूपमा खुला गरिएको हो।
प्रशासनले बिहान ८:३० बजेदेखि पुनः कर्फ्यू आदेश लागू हुने जनाएको छ।
दुई समुदायबीच उत्पन्न विवादले उग्र रूप लिएपछि शनिबारदेखि कर्फ्यू आदेश जारी गरिएको थियो। कर्फ्यूको सीमा पूर्वमा मुडवलवा गेट, पश्चिममा लालबकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्म तोकिएको छ।
कर्फ्यू अवधिमा आवतजावत, भेला, सभा, जुलुस तथा प्रदर्शनजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
बिहीबार राति सुरु भएको विवाद शुक्रबार पनि ढुंगामुढा र झडपमा परिणत भएको थियो।
प्रकाशित मिति : २०८२ फाल्गुन १० गते आइतवार





