काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रयोग गर्दै आएको बनस्थलीस्थित केन्द्रीय कार्यालय भवन खाली गर्न घरधनी भरतमणि देवकोटाले आग्रह गरेका छन् ।
अमेरिकामा रहेका देवकोटाले करिब १० महिनाको घरभाडा नपाएको र पार्टीलाई सापटी दिएको रकमसमेत फिर्ता नभएको भन्दै ३ महिनाभित्र घर खाली गर्न भनेका हुन् । उनले मासिक तीन लाख पचास हजार रुपैयाँमा भाडा सम्झौता भएको जानकारी दिए ।
‘पार्टीमा मेरो संलग्नता छुट्टै कुरा हो, घरभाडा अर्कै विषय हो,’ देवकोटाले भने, ‘तर पार्टीले त्यसलाई बुझ्ने गम्भीरता देखाएन ।’
स्थापनाकालमा बसुन्धरामा रहेको रास्वपाको कार्यालय पछि देवकोटाकै बनस्थलीस्थित घरमा सारिएको थियो ।
रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा देवकोटा विज्ञ सल्लाहकार समेत बनेका थिए ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार





