शिक्षामन्त्रीले बैठक स्थगित गरौँ भनेपछि सुमना आक्रोशित, विधेयक होल्ड नगर्न चेतावनी



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयक होल्ड गरेर राजनीतिक नखेल्न आग्रह गरेकी छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि समितिको छलफलमा बोल्दै सांसद श्रेष्ठले विधेयक संसदमा पेस गर्न रोकेर समितिलाई दोषी नदेखाउन खोजिएको आरोप लगाइन् ।

सोमबार शिक्षक पदपूर्तिको कोटामा नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएको छलफल निष्कर्षविहीन भएको थियो । महासंघसँग सहमति गरेर समितिबाट पास गराइ प्रतिनिधि सभामा पेश गर्ने तयारी थियो ।

तर, विधेयक समितिमै अड्काउन खोजिएको भन्दै सांसद श्रेष्ठले शिक्षकहरुलाई दलीय स्वार्थ र भोट बैंक बनाउन खोजिएको आरोप लगाइन् । कानुन सांसदले निर्माण गर्ने भन्दै उनले स्वार्थ समूह सक्रिय भएको संकेत गरिन् ।

प्रकाशित मिति : २०८२ असार १६ गते सोमवार