देशभर शिक्षक अभाव , आठौँ पटक विज्ञापन गर्दा पनि परेन आवेदन



देशभर शिक्षक अभाव देखिएको छ । करार र राहतका रिक्त पदमा पदपूतिका लागि देशभरका विद्यालये पटकपटक विज्ञापन गर्दा समेत शिक्षक पाउन सकेका छैनन् । पछिल्लो समय गणित, विज्ञान र अंग्रेजी शिक्षकको अभाव देखिन थालेको होे । यसैबीच दोलखाको शैलुङ गाउँपालिकाले माध्यमिक तहमा गणित शिक्षक पदपूर्तिका लागि हालै मात्र आठौँ पटक आवेदन आह्वान गरेको छ । शैलुङ हिमाली भेगको तुलनामा सुगम गाउँपालिका मानिन्छ ।

यस्ता गाउँपालिकामा समेत शिक्षक पाउन मुस्किल भएपछि विकटमा त झन् अवस्था विकराल छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ १२ गते आइतवार