चितवन १ मा ‘घण्टी’ का हरि ढकाल अघि, पछ्याउँदै कांग्रेसका विश्व पौडेल



चितवन । चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् । मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाउनुभएको छ ।

५४ सय १५ मत गन्दा विश्व पौडेलको १८ सय १० मत आएको छ भने हरि ढकालले १८ सय ४९ मत ल्याउनुभएको छ । यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेको १२ सय ६६ मत आएको छ ।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार