ललितपुर-२ मा ४ हजार ७ सय मत गन्दा एमालेको अग्रता, दोस्रो स्थानमा लौरो



ललितपुर क्षेत्र नं २ मा नेकपा एमालेले अग्रता लिएको छ। अहिलेसम्म ४ हजार ७ सय ८८ मतगणना भएको निर्वाचन अधिकृत दिपशिखा मुनाकमीले सेतोपाटीलाई बताइन्।

त्यसमध्ये नेकपा (एमाले) का प्रेमबहादुर महर्जनले १ हजार ३ सय १७ मत ल्याएका छन्।

नेकपा (एकीकृत समाजवादी) का कृष्णलाल महर्जनले ७ सय ७७, हाम्रो नेपाली पार्टीका सुदिन शाक्य*ले ८ सय ९७ र राप्रपका रघुवर थापाले ६ सय ७६ मत ल्याएका छन्।

प्रकाशित मिति : २०७९ मङ्सिर ५ गते सोमवार