काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६५ जनाको शव फेला परेको छ । बिहीबार बिहान सवा ८ बजेसम्म १६५ जनाको शव फेला परेको हो।
सरकारी तथ्यांक अनुसार चितवनमा ६५, धादिङमा २७, नुवाकोटमा १२, रसुवामा २, गोरखामा २०, पूर्वी नवलपरासीमा २६, तनहुँमा ९ र पश्चिम नवलपरासीमा ५ वटा शव फेला परेका छन् ।
खोजी र उद्धारको काम आज पनि बिहानैदेखि सुरु भएको छ । उद्धार र राहत कार्य प्रभावकारी बनाउन अहिले सर्वदलीय बैठक पनि सुरु भएको छ ।
प्रकाशित मिति : २०८३ भाद्र ११ गते बिहिवार






