काठमाडौं । रास्वपाले सभापति रवि लामिछानेको नेतृत्वमा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ ।
बुधबार बिहान बसेको केन्द्रीय समिति बैठकले असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि सभापतिको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको संसदीय दलका उपनेता गणेश पराजुलीले जानकारी गराए । ‘सिंगो केन्द्रीय समिति आयोजक समिति बनेको छ । महाधिवेशन तयारीको लागि विभिन्न उपसमितिहरु पनि बनेका छन्,’ उनले भने ।
प्रकाशित मिति : २०८३ बैशाख ३० गते बुधवार






