काठमाडौं । मकवानपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाका प्रकाश गौतम हेभिवेट उम्मेदवारहरूलाई पराजित गर्दै निर्वाचित भएका छन्। उनले ३५ हजार ४६१ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेस की महालक्ष्मी उपाध्याय डिनाले १२ हजार ७५४३ मत ल्याउँदै दोस्रो स्थान हासिल गरिन्। नेकपा एमाले का रामेश्वर रानाले १२ हजार ४ मत प्राप्त गरे। त्यसैगरी उज्यालो नेपाल पार्टी का सुरेन्द्र लामाले ७ हजार ९७१ मत प्राप्त गर्दै चौथो स्थानमा रहे भने नेपाल कम्युनिस्ट पार्टी का विजय गौतम ले १० हजार १५१ मत प्राप्त गर्दै पाँचौँ स्थानमा सीमित भए।
अघिल्लो निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी का दीपक सिंह ले कांग्रेसकी डिना र एमालेका कमल थापा लाई पराजित गरेका थिए। तर यसपटक उनी ४ हजार ४५७ मतमै सीमित भए।
यसैबीच मकवानपुर क्षेत्र नम्बर २ मा पनि रास्वपाका प्रशान्त उप्रेती विजयी भएका छन्। उनले ३० हजार ५० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश कुमार बर्तौलाले १८ हजार ८४६ मत प्राप्त गरे।
त्यसैगरी कांग्रेसका बुद्ध लामाले १५ हजार ०५६ र नेकपाका लवशेर विष्टले १२ हजार ४९२ मत प्राप्त गरेका छन्।





