शिक्षा विधेयकः शिक्षकको आवधिक बढुवा हुने सहमति



काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको आवधिक बढुवा हुने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बनेको उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सो सहमति जुटेको हो ।

शिक्षकको आवधिक बढुवाद्वारा पदपूर्ति गर्दा तृतीय श्रेणीको पदमा १० वर्ष र द्वितीय श्रेणीको पदमा १२ बर्ष सेवा अवधि पूरा गरेको शिक्षक बढुवाका लागि योग्य हुने सहमति जुटेको हो । शनिबार सिंहदरबारमा बसेको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।

त्यस्तै, २०७५ साल चैत मसान्तसम्म स्थायी नियुक्त भएका शिक्षकको निवृत्तभरण र उपदान प्रयोजनको लागि नपुग सेवा अवधि निजको अस्थायी सेवा अवधिबाट गणना गर्ने सहमति पनि भएको छ ।

प्रकाशित मिति : २०८२ असार १४ गते शनिवार