काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले शिक्षकको माग वार्ताबाट समाधान गर्न आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरेर वार्ताबाट समाधान गर्न भनेको हो ।
‘आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालवालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ,’ आयोगले भनेको छ, ‘साथै, आन्दोलनका कारण माइतीघर क्षेत्रमा विगत तेह्र दिनदेखि सहज आवागमनमा समेत अवरोध सिर्जना भएको अनुगमनवाट पाइएको छ ।’
मागहरू सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय विषय भएको आयोगको ठहर छ ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार





