भोलि काठमाडौंको सडकमा उत्रिँदै ३ लाख शिक्षक



काठमाडौ । २० चैतदेखि शिक्षकले सडक आन्दोलन गर्ने भएका छन् । विद्यालय शिक्षा ऐन जारी गर्न माग राखेर शिक्षकहरू आन्दोलन गर्न लागेका हुन् । विद्यार्थी तहको वार्षिक परीक्षा सकेर काठमाडौं आउन लागेका हुन् ।

माग पूरा नभएसम्म एसईईको उत्तरपुस्तिकासमेत परीक्षण नगर्ने घोषणा शिक्षकहरूले गरेका छन् । नेपाल शिक्षक महासंघको अगुवाइमा हुन लागेको आन्दोलनमा देशभरबाट ४ लाख शिक्षक कर्मचारी सहभागी हुने बताइएको छ ।

आन्दोलनमा आउन लागेका शिक्षकलाई महासंघले १० बुदे निर्देशन दिएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १८ गते मङ्गलवार