शिक्षकलाई निजामती सरह सेवा सुविधा दिनुपर्छ



नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनु पर्ने बताएका छन् । शिक्षक र शिक्षा क्षेत्रका समस्या समाधानमा काँग्रेस गम्भीर रहेको उल्लेख गदै सो कुरा बताएका हुन ।

नेपाल शिक्षक संघ ललितपुरद्वारा आयोजित २४औँ प्रतिनिधि सभा कार्यक्रममा बोल्दै भौतिक पूर्वाधारमा ध्यान दिन, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्नेमा जोड् दिए । साथै गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्ने उनको भनाई थियो ।

‘शिक्षकलाई निजामती सरहको सेवा सुविधा दिइनुपर्छ । भौतिक पूर्वाधारमा ध्यान दिने, तालिम र परीक्षणमा ध्यान दिने कुरामा राज्य गम्भीर बन्नुपर्छ । गुणस्तर अभिवृद्धिका लागि शिक्षामा २० प्रतिशत बजेट छुट्याइनुपर्छ’, महरले भने ।

महरले संसदमा थन्किएर बसेको विद्यालय शिक्षा ऐनलाई यही हिउँदे अधिवेशनबाट पारित गर्नसमेत सरकारसँग माग गरेका छन् । विद्यालय ऐनमा आएका विषयमा सरोकारवालासँग छलफल गरेर उनीहरूको रायलाई पनि स्थान दिएर विधेयक पारित गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार