सभामुखलाई भेट्न उनकै कार्यकक्षमा पुगे रवि लामिछाने



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र सभामुख देवराज घिमिरेबिच भेटघाट सुरु भएको छ । केहीबेरअघि सभापति लामिछाने र सभामुख घिमिरेबिच सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भेटघाट भएको हो ।

संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा केही घण्टा पहिले लामिछानेले सभामुख घिमिरेसँग भेटवार्ता भएको हो । लामिछानेले पार्टीका सांसदहरूलाई सिंहदरबारस्थित दलको कार्यालयमा बोलाएर भेट गर्न लागेका छन् ।

प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार