अमेरिकाको राष्ट्रपतिमा ट्रम्प विजयी



सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन जितेका हुन्।

अमेरिकामा राष्ट्रपतिको निर्वाचन जित्न २७० इलेक्ट्रोल कलेज चाहिन्छ। अमेरिकी समाचार संस्था सिएनएनका अनुसार रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले २७७ इलेक्ट्रोल कलेज जितिसकेका छन्।

यता डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले २24 इलेक्ट्रोल कलेज जितेकी छन्। उनी अहिलेकी उपराष्ट्रपति समेत हुन्।

पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन्। ट्रम्पले ७ करोड १० लाख १९ हजार ८६२ मत प्राप्त गरेका छन्। ह्यारिसले ६ करोड ६१ लाख ८ हजार २०१ मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार