माधव नेपाल भात खानमात्र आएका हुन, म एमाले नै हुँ: द्धारिकलाल चाैधरी



इटहरी । नेकपा एमालेका नेता एवं इटहरीका मेयर द्धारिकलाल चौधरीले माधव नेपाल र राजेन्द्र राई आफ्नोमा भात खानमात्र आएको बताएका छन । आईतबार बिहान कुरा गर्दै मेयर चौधरीले भने,उहाँहरु पाहुनाको रुपमा मेरोमा आएको र भात खाएको सत्य हो ।

उहाँहरु फरक पार्टीको म एमालेको हो। उहाँहरुले मेरो घरमा भात खाँदैमा एमाले छाड्न लागेको भन्नू गलत हो । म एमालेको नीति र विचारबाट दाँयावाँया हुन्न।

उनले पार्टीमा रहेका केही विवाद विस्तारै हल हुँदै जाने बताए । केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राइले चौधरीको घरमा भात खाएपछि उनले एमाले छाड्न खोजेको चर्चा चलेको थियो ।

सुनसरीको एउटा पार्टी कार्यक्रममा चौधरीले माइक खोसेको सन्दर्भसँग जोडेर केही सञ्चार माध्यमले चौधरीले एमाले छाड्न लागेको बताएका थिए ।

प्रकाशित मिति : २०७८ कार्तिक २८ गते आइतवार