काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।
बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट आएकाहरूलाई पार्टीमा स्थान दिनेलगायत विभिन्न विषयमा छलफल गर्न आज स्थायी कमिटी बैठक बस्दैछ।
प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार





