सउल । आउँदो सेप्टेम्बर १ तारिखबाट दक्षिण कोरियाले केहि देशहरुमा भिसा प्रक्रिया कडाइलाई केही खुकुलो बनाउने तयारी गरेको छ । कोरियाले युरोपियन युनियन तथा स्यान्जेन देशहरुबाट आउने तथा कोरियाबाट यि देशहरुमा जाने नागरिकहरुलाई भिसा प्रक्रिया खुकुलो बनाउने संकेत गरेको छ । यि देशहरुमा आउदो सेप्टेम्बर १ बाटै यो नियम लागू हुने बताइएको छ।
दक्षिण काेरियाले यी देशहरूमा काेराेनाकाे कारणले लगाएको भिसा प्रतिबन्ध सेप्टेम्बर १ बाट हटाउने निश्चित भएको हाे । युरोपियन युनियन तथा स्यान्जेन देशहरुमा कोरियाले सन २०२० को अप्रिल १३ बाटै भिजामा कडाई गरेको थियो।भिसामा लचिलो बनेपनि दक्षिण काेरियाले लागू गरेका केही सर्तहरू भने अनिवार्य पालन गर्नुपर्ने छ ।क्वारेन्टाइन बस्नुपर्ने ,स्वास्थ्य मापदण्ड पालना आदि उसका सर्तहरू छन् ।
केही देशलाई काेरियाले भिसामा लचिलो नीति अगाडि सारेपछि दक्षिण काेरियाकाे काेराेना भाइरस अवस्थामा सुधार आएको अनुमान गरिएको छ ।साथै याे कदमले लामाे समय सम्म दक्षिण काेरिया जान नपाएका इपिएस श्रमिकहरु पनि उसले चाँडै लिन सक्ने अनुमान गरिएको छ ।





