
नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सी अहिले राम्ररी नेपाली बोल्न सक्ने भएकी छिन । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिकै राम्रो लयमा गाउन जान्दछिन् । उनको बोली र गीतले सबैलाई आर्कषित गदर्छ ।लकडाउनपछि नेपाली सांगीतिक क्षेत्रमा कुनै गीतले धुम मच्चायो भने त्यो हो, ‘फुलबुट्टे सारी’ । यो गीतले विश्वभरका नेपालीहरुलाई मन्त्रमुग्ध बनायो ।तर, यो गीतले नेपालीहरुलाई मात्र होइन, विदेशीहरुलाई पनि आकर्षित गरेको पाइएको छ । युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले यो गीतको कभर गाएकी छिन् । युटुबमा उनको स्वरलाई २ लाख पटक सुनिएको छ । टिकटकमा पनि उनको स्वर भाइरल भैरहेको छ ।
लकडानका कारण आफ्नो देश फर्कन नपाएकी विउन्सीलाई नेपालको मायाले तानेको उनी बताउँछिन् । उनी भन्छिन्,‘लकडाउनको समयमा म यता बस्न बाध्य भएँ । र यही लकडाउनकै समयले मलाई नेपाल र नेपालीप्रतिको मायामा अ-ल्झायो । मलाई नेपालीसंगै बिहे गर्न मन छ ।मलाई नेपाली खाना मन पनि पर्छ ।’ नेपाल र नेपाली प्रतिको प्रेमलाई बताउँदै विउन्सीले आफुलाई मन पर्ने लोक गीत पनि गाएर सुनाईन् ।
विउन्सीले एउटा नेपाली फिल्मकोलागी गीत पनि गाई सकेकी छन् । उनले द्ध-न्द्ध निर्देशक राजेन्द्र खडकीको फिल्मकोलागी एउटा गीत गाएकी छन् । विउन्सीले नेपालका धेरै कुरा सिकी सकेकी छन् ।विउन्सीले नेपालको राजनीतिलाई पनि नियालेको बताउँदै उनले हाल नेपालको प्रधानमन्त्री केपी ओली भएको पनि बताईन् । बाँकि भिडियोमा हेर्नुहोस्