नम्र बन्दैमा कोही सानो हुँदैन– अब्राहम लिंकन



अब्राहम लिंकन आफ्नो साथीको गाडीबाट साथीसँगै कतै गइरहेका थिए । आफ्नो सुरमा हिडिरहेका अब्राहमलाई बाटोमा भेटिएका एक मजदुरले झुकेर प्रणाम गरे । मजदुरको जवाफमा लिंकनले पनि उसैगरी झुकेर मजदुरलाई प्रणाम गरे । यो देखेर साथीले लिंकन लाई सोधे– तपाइले त्यो सामान्य मजदूरलाई पनि यति साह्रो झुकेर किन प्रणाम गर्नुभएको ? साथीको प्रश्न पछि अब्राहम लिंकनले जवाफ दिए – महोयद म चाहन्न कि नम्रतामा कोही म भन्दा अगाडि जाओस् । यो सुनेर उनको साथीको शिर लाजले निहुरियो ।

१. म अहिले जँहा छु र जे बन्ने आशामा छु, यसका लागि म मेरी आमा प्रति ऋणी छु ।
२. अन्त्यमा यो गनिदैन कि जीवनमा कति वर्ष बाच्यौं बरू यो गनिन्छ कि वर्षमा कति जीवन बाँच्न सक्यौं ।
३. म मेरी आमाका प्रार्थनाहरू अझै सम्झन्छु जसले मलाई पच्छ्याइरहन्छन । जसले म बन्नमा हरदम सहयोग गरिरहन्छ ।
४. मित्र त्यो हो जसको तिम्रो जस्तै समान शत्रू हुन्छ ।

५. प्रजातन्त्र भनेको जनताको लागि, जनता द्वारा गरिने शासन पद्दती हो ।
६. आफैमा विभाजित गृह कहिल्यै पनि माथी उठ्न सक्दैन ।
७. मेरो चिन्ता तिमी असफल भएका प्रति होइन कि असफलताका बाबजुद तिमीले नदिएको निरन्तरता प्रति छ ।

त्यस्तै मदर टेरेसा सबैकी प्रिय र आदरणीय व्यक्ति हुन् । उनले आफ्नो जीवनलाई सार्थक बनाउन उपयोगी कुरा गरेकी छन् । जुन अहिले सबैले अनुकरणयोग्य भनाई भन्ने गरेका छन् ।
हेर्नुहोस् मदर टेरेसाका १० मननीय भनाई जुन तपाईंलाई उपयोगी बन्न सक्छ ।

१ शान्तिको सुरुवात मुस्कानबाट हुन्छ ।
२ यति तपाईंको जीवन अरुका लागि होइन भने त्यो जीवन, जीवन नै होइन ।
३ यदि तपाईंले १०० जनालाई खुवाउन सक्नुहुन्न भने एकजनालाई मात्र भएपनि खुवाउस् ।
४ हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ, आउनुहोस् यसैलाई भब्यताका साथ मनाऔं ।

५ हामीसँग अहिले शान्ति फिटिक्कै छैन किनकी हामीले हामी एक अर्काका लागि हौं भन्ने कुरा नै बिर्सियौं ।
६ रोटीको भोक मेटाउन सजिलो हुन्छ तर प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
७ प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो । मात्र टिप्न जान्नु पर्छ ।
८ विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? शुुरुमा घर गएर आफ्नो परिवारलाई माया गर शान्ति त्यहींबाट शुरु हुन्छ ।

९ सबैभन्दा ठूलो रोग भनेकै कसैका लागि केही बन्न नसक्नु हो ।
१० यदि तपाईंले व्यक्तिलाई मूल्यांकन गर्न थाल्नुभयो भने उसलाई प्रेम गर्न बिर्सनुहुन्छ ।

प्रकाशित मिति : २०७६ फाल्गुन १८ गते आइतवार