
काठमाडाैं, १० फागुन । चर्चित हास्यव्यङ्ग्य कलाकार मनाेज गजुरेलले कमेडिकाे ‘कराेड’ र निवर्तामान सूचना तथा सञ्चारमन्त्री गाेकुल प्रसाद बाँस्काेटाकाे ‘कराेड’ फरक भएकाे बताउनुभएकाे छ । न्यूज २४ सँगकाे कुराकानीमा उहाँले कमेडियनको ‘करोड’ उत्पेरण र हौसलाका लागि भएकाे र बाँस्काेटाकाे ‘कराेड’ कमिशनकाे लागि भएकाे बताउनुभयाे । उहाँले निवर्तामान मन्त्री बाँस्काेटाकाे ‘कराेड’ले आफ्नो ‘करोड’ छायामा नपर्ने बताउनुभयो । मेराे ‘कराेड’ले मान्छेलाई हाैसला, उत्पेरणा र मनरोञ्जन दिन्छ,’उहाँले भन्नुयभाे, ‘अर्को जुन ७० करोडको कुरा आयो, त्यसैले चाहिँ हाैसला दिँदैन, कमिशन खानेहरूकाे ‘कराेड’ छाया पर्छन्, छायामा पर्नु पनि पर्छ ।
हास्यव्यङ्ग्य भनेकाे सधै प्रतिपक्षीमा हुनुपर्ने र आफूले प्रतिपक्षीकाे काम गरिरहेकाे समेत बताउनुभयाे । ‘म त जनतालाई हसाउन मात्रै चाहन्थे । बहुदलिया व्यवस्थामा प्रतिपक्षी दल बलियो हुनुपर्ने तर यहाँ प्रतिपक्षी पनि कम्जोर भएकाे छ । त्यसकाे जिम्मा पनि मैले लिनु परेको छ, कमेडियनहरुले लिनुपरेको छ ,’ उहाँले भन्नुभयाे । मान्छेलाई सिद्धान्तले केहि फरक नपार्ने पनि बताउनुभयाे । ‘मान्छेको बोलि, लुवाइखुवाई, शब्द चयानले पार्टी चिनिन्छ भन्थे । तर त्यसले कुनै फरक नपर्ने रहेछ, व्यवहारले मात्रै चिनिन्दाे रहेछ’ उहाँले भन्नुभयाे, ‘आजभन्दा १० वर्ष आगाडि कम्युनिष्ट चाहिँ गरिबको पक्षामा हुन्छन् । उनीहरु चाहिँ खासै सुविधा भोगि हुँदैनन् । अनि कांग्रेस भनेको पूजिवादीको पार्टी हो, राप्रपा भनेको रोयललिष्ट हो भन्ने युग थियाे तर अहिले सबै एकै खालकाे देखिन्छ ।’
उहाँले हास्यव्यङ्ग्य सबैभन्दा पहिलाे कुराे भनेकाे हसाउनु नै भएकाे बताउनुभयाे । ‘हसाएर जनतालाई उप्रेरित गर्न सकियो भने हास्यव्यंगको सफलता हो,’ उहाँले भन्नुभयाे, ‘पछिल्लो समय हास्यव्यङ्ग्यलाई एउटा मेसेजको रुपमा पनि लिने क्रमको रुपमा हेरिएको छ ।’ हास्यव्यङ्ग्यलाई गालिकाे रूपमा हेरिन छाडेकाे र व्यंगको रुपमा लिने विकास भएकाे उहाँकाे भनाई थियो ।
विस्तृत कुराकानी भिडियोमा