पूर्व मुख्यसचिव एकनारायण अर्याललाई चार दिन हिरासत म्याद थप



काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शुक्रबार अदालतमा पेस गरिएका अर्याललाई चार दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीले अनुमति प्रदान गरिएको काठमाडौं जिल्ला अदालतका प्रवक्ता शिव खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति : २०८३ मङ्सिर १२ गते शुक्रवार