बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्तिको सम्भावना



काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। बैठकमा विभिन्न समसामयिक विषयका साथै शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्तिको विषयमा समेत छलफल हुने सम्भावना रहेको स्रोतले जनाएको छ।

शिक्षक सेवा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारीको नियुक्ति प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको बताइएको छ। आयोगको नेतृत्व तथा अन्य पदाधिकारी नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद् बैठकमा प्रस्तुत हुन सक्ने सम्भावना रहेको छ।

शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति नहुँदा आयोगका विभिन्न कामकारबाही तथा शिक्षक छनोटसम्बन्धी प्रक्रिया प्रभावित हुँदै आएको छ। सरकारले नियुक्ति प्रक्रिया अघि बढाएमा शिक्षक सेवा आयोगको कामलाई थप प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

मन्त्रिपरिषद् बैठकबाट शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्तिसहित अन्य महत्त्वपूर्ण निर्णयसमेत हुन सक्ने बताइएको छ। बैठकका निर्णय भने सार्वजनिक भएपछि मात्र औपचारिक रूपमा स्पष्ट हुनेछ।

प्रकाशित मिति : २०८३ भाद्र २५ गते बिहिवार