रौतहट । सामाजिक सञ्जालमार्फत आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरी गालीगलौज गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय नेता रविन्द्र यादव पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिकास्थित रास्वपाका सभापति यादवलाई मंगलबार साँझ करिब ७ बजे अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।
स्थानीय सागर यादवलाई लक्षित गर्दै सामाजिक सञ्जालमा आपत्तिजनक तथा अभद्र शब्द प्रयोग गरेको भन्दै परेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डीएसपी वसन्त गौतमले यादवलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको पुष्टि गरे। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : २०८३ साउन २७ गते बुधवार






