काठमाडौं । उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ मा टोलीहरूबीचको उपाधि भिडन्त मात्र होइन, खेलाडीहरूबीच व्यक्तिगत अवार्डको होडबाजी पनि निकै रोमान्चक र घरेलु बनेको छ। विशेष गरी सर्वाधिक गोलकर्ताले पाउने ‘गोल्डेन बुट’को दौड यसपटक निकै रोचक मोडमा पुगेको छ।
अहिलेको समीकरण अनुसार अर्जेन्टिनाका जादुगर लियोनेल मेसी ८ गोलसहित शीर्ष स्थानमा छन्। उनले आफूले खेलेका पाँचै खेलमा गोल गरेर आफ्नो लयलाई अद्भुत रूपमा कायम राखेका छन्।
तर मेसीलाई फ्रान्सका किलियन एमबाप्पे र नर्वेका युवा स्टार अर्लिङ हालान्डले कडा चुनौती दिइरहेका छन्। दुवैको नाममा समान ७–७ गोल छ। एमबाप्पेले गोलका साथै २ असिस्ट (गोल गर्न पास) समेत मिलाएका छन् भने हालान्डले पनि आफूले मैदान उत्रिएका हरेक खेलमा गोल गर्दै आफ्नो सानदार उपस्थिति प्रमाणित गरेका छन्।
यो दौडमा इंग्ल्यान्डका कप्तान ह्यारी केन ६ गोलसहित चौथो स्थानमा रहँदै शीर्ष त्रयीलाई दबाब दिइरहेका छन्।
क्वाटरफाइनलमा विशेष भिडन्त
क्वाटरफाइनल खेलमा हालान्डको नर्वे र केनको इंग्ल्यान्ड आमनेसामने हुँदैछन्। दुवै स्टार स्ट्राइकर एउटै खेलमा भिड्ने भएकाले यो खेलले गोल्डेन बुटको प्रतिस्पर्धालाई अझ बढी रोमाञ्चक र निर्णायक बनाउने अपेक्षा गरिएको छ। यसका साथै फ्रान्सका ओसमान डेम्बेले र स्पेनका मिकेल ओयार्जाबल पनि ४–४ गोलसहित आफूलाई बलियो दाबेदारका रूपमा उभ्याउँदै अन्तिम आठको खेलका लागि तयार छन्।






