काठमाडौं । दुई युरोपियन राष्ट्र पोर्चुगल र स्पेन फिफा विश्वकप २०२६ को अन्तिम १६ मै भिड्ने भएका छन् ।
शुक्रबार विहान भएको खेलमा क्रोएसियामाथि २-१ को पुनरागमन जित हात पारेपछि पोर्चुगलले छिमेकि स्पेनसँग भिडन्त पक्का गरेको हो । पोर्चुगलले एक गोलले पछि परेको स्थिमा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा खेल बराबरी गरेको थियो । यस्तै सुपर सब गोन्कालो रामोसले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गर्दै जित दिलाए ।
स्पेन शुक्रबारै बिहान चाँडै भएको खेलमा अस्ट्रियालाई ३-० ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो ।
प्रकाशित मिति : २०८३ असार १९ गते शुक्रवार







