बकैयामा पालिका स्तरीय डबल ए साइड ब्याडमिन्टन प्रतियोगिता हुँदै



हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–७, घमनटोलमा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित “प्रथम बकैया गाउँपालिका स्तरीय डबल ए साइड ब्याडमिन्टन प्रतियोगिता २०८२” आयोजना गरिएको हो। हात्तीखोला युवा क्लब को आयोजनामा हुने उक्त प्रतियोगिता २०८२ चैत २० गते सञ्चालन गरिनेछ।
प्रतियोगितामा सहभागी हुन चाहने टिमहरूका लागि ६०० रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने नाम दर्ता गर्ने अन्तिम मिति चैत १८ गतेसम्म रहनेछ। खेलाडीहरूका लागि खानाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको समन्वय बकैया–७ नं वडा कार्यालय ले गर्नेछ भने व्यवस्थापन घमनटोल स्पोर्ट्स क्लब ले गर्नेछ।
प्रतियोगितामा विजेता तथा उपविजेतालाई क्रमशः ७ हजार र ३ हजार ५ सय रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको सहभागिता वृद्धि र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार