बागमती प्रदेशले बजेट खर्च गर्न नसकेको भन्दै सांसदहरूकाे असन्तुष्टि !



ललितपुर | बागमती प्रदेशले बजेट खर्च गर्न नसकेको भन्दै आलोचना भएको छ । प्रदेश सभा सांसदहरुले प्रदेश सरकारले स्थानीय तहका लागि विकास बजेट पठाउन नसक्दा विकासको काम रोकिएको बताएका छन । बजेट पास भएको लामो समय बितिसक्दा समेत कागजी प्रक्रियामा अड्किएर सरकारले बजेट खर्च गर्न नसकेको भन्दै सांसदहरुले ‘बजेट कहिले खर्च हुन्छ? ’ भन्दै प्रश्न गरेका छन ।

सत्ता पक्ष नेकपाकै सांसद रत्न ढकालले बजेट खर्च गर्न सरकारले कार्यविधि नबनाएको भन्दै आलोचना गरेका छन । चालु आर्थिक बर्षको ७ महिनामा १० प्रतिशत मात्रै बजेट खर्च गरेकोमा सांसदहरुले असन्तुष्टी जनाउँदै बजेट खर्च गर्न नसक्नुको कारण समेत माग गरेका छन। यस्तै धुमुर्स सुन्तली फाउन्डेसनलाई बजेट दिएकोमा समेत केही सांसदले आलोचना गरेका छन ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार