ललितपुर-३ : तोसिमा कार्की निर्वाचित



काठमाडौं । तोसिमा कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले ललितपुर–३ बाट ४३ हजार ९६ मत प्राप्त गर्दै जित हासिल गरेकी हुन्।

उनकी निकटतम प्रतिद्वन्द्वी जितेन्द्रकुमार श्रेष्ठ (नेपाली कांग्रेस) ले ९ हजार ४५ मत प्राप्त गरेका छन्।

यस्तै राजकाजी महर्जन (नेपाल कम्युनिस्ट पार्टी) ले ६ हजार २२ मत ल्याएका छन्। सन्दन थापा मगर (नेकपा एमाले) ले ३ हजार २९७ मत प्राप्त गरे।

त्यस्तै सबिनकुमार खड्का (राप्रपा) ले २ हजार ३७ मत ल्याउँदा ऋतुवर्तन राई (श्रम संस्कृति पार्टी) ले १ हजार ४७२ मत पाए।

उता विजय पन्त (उज्यालो नेपाल पार्टी) ले १ हजार ३२० मत प्राप्त गरेका छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार