काठमाडौँ । ललितपुर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जन विजयी भएका छन्। उनले कुल २३ हजार ३ सय ७३ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस का उदय शमशेर राणा ले १३ हजार ५ सय २० मत पाएका छन्। यस्तै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का चेतनाथ सञ्जेल ले ६ हजार ५ सय ४६ मत प्राप्त गरेका छन्।
महर्जनले ठूलो मतान्तरसहित जित हासिल गर्दै ललितपुर–१ मा रास्वपाको प्रभाव देखाएका छन्।
प्रकाशित मिति : २०८२ फाल्गुन २३ गते शनिवार





