ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जनले अग्रता लिएका छन्। रास्वपाका महर्जनलाई यसअघि कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले पछि पार्दै आएका थिए।
महर्जनले १०५९० मत पाउँदा राणाले ८१५३ मत पाएका छन्।
तेस्रो स्थानमा नेकपा एमालेका चेतनाथ संजेलले ४ हजार ३ सय २६ मत पाएका छन्।
प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार





